दफा १९
कागज, प्रमाण, सूचना वा वस्तु उपलब्ध गराउन अनुरोध गर्न सक्ने
(१) विदेशी मुलुकमा कुनै मुद्दाको अनुसन्धान गर्दा वा न्यायिक कारबाही वा फैसला कार्यान्वयन गर्दा सो कार्यमा सहयोग पुग्ने कुनै कागज, प्रमाण, सूचना वा वस्तु नेपालभित्र भएको कुरामा विश्वास गर्नु पर्ने पर्याप्त आधार भएमा सम्बन्धित विदेशी राज्यले पारस्परिक कानूनी सहायताको लागि कूटनैतिक माध्यम मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुरोध गर्दा कुनै स्थान वा वस्तुको खानतलासी गर्न वा कुनै वस्तु कब्जामा लिनु पर्ने देखिएमा विदेशी राज्यले त्यस्तो स्थान वा वस्तुको खानतलासी गर्न वा कुनै वस्तु कब्जामा लिन समेत अनुरोध गर्न सक्नेछ ।